नेपालको साग इतिहासमा ४ स्वर्ण जित्ने पहिलो खेलाडी बनिन् गौरिका सिंह


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन् ।

सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको एक सय मिटर फ्री-स्टाइमा उनले स्वर्ण जितेकी हुन् ।

नेपालको साग इतिहासमै एकै संस्करणमा चार स्वर्ण जित्ने गौरिका सिंह ।

९८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उनले स्वर्ण जितेकी हुन् ।

नेपालको साग इतिहासमै एकै संस्करणमा चार स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । उनले यसअघिका प्रतिस्पर्धामा तीन स्वर्ण जितिसकेकी छन् ।

गौरिका सिहंको बारेमा

काठमाडौंमा पुर्ख्यौली घर भए पनि बाबा पढाइ र कामको शिलशिलामा बेलायतमा रहेकाले म उतै हुर्किएँ । बाबा डा. पारस सिंह कन्सल्टेन्ट युरोलोजिस्ट हुनुहुन्छ । आमा गरिमा राणा त मेरो लागि सबैथोक हो । उहाँले मेरो हरेक कुराको व्यवस्थापनमा आफ्नो पूरा मेहनत लगाइरहनु भएको हुन्छ । मैले गरेका कामहरु आमाकै देन हो । बाबाआमा नै मेरो हरेक सपनाको लागि लागि पर्नु भएको छ ।

बेलायत पुग्दा म दुई वर्षकी मात्र थिएँ । अहिले १६ वर्षकी भएँ । स्वीमिङ बाहेक पेन्टिङ गर्न, टेनिस खेल्न पनि रमाइलो लाग्छ, तर धेरै समय भने मिल्दैन । पढ्नु पनि त छ । मिलेको समय फुटबल हेर्न, खाना बनाउन, पप गीतहरु सुन्न पनि रमाइलो लाग्छ ।

जिम्न्यास्टिक, स्वीमिङ, नृत्य, नाटक सबै कुरामा बाबाआमाले सानोदेखि पठाउनुभएको थियो । मेरो मन भने स्वीमिङमा बस्यो । धेरै समय स्वीमिङमा दिन थालेपछि अरु कुरा विस्तारै छोड्दै गएँ । ९ वर्षकी हुँदादेखि स्वीमिङ प्रतिस्पर्धाहरुमा भाग लिन थालेकी थिएँ । ११/१२ वर्षको हुँदा नेपालबाट खेल्न आएँ र राम्रो पनि हुँदै गयो । त्यसपछि त मिलेसम्म खेलिरहेको छु । आफ्नो देशको प्रतिनिधित्व गरेर खेल्न पाउनु जति खुशी अरु कुरामा छैन । आफूले जानेको सीप र ज्ञान देशको लागि काम आउँदा कसलाई पो रमाइलो नलाग्ला । यसैले अहिले राष्ट्रिय प्रतियोगितामा हुँदा पनि रमाइलो लागिरहेको छ ।

(Visited 37 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु