बहिनीको बिवाहमा हिडेका ग्लोबल आईएमई बैंक बनगाई शाखाका व्यवस्थापकको कार दुर्घटनामा नि धन



मनोज श्रीवास्तव

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा ८ को बोडगाउँ नजिकै कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका व्यवस्थापक सुरेश पाण्डेयको नि धन भएको छ । २६ बर्षीय पाण्डेयको पूर्व पश्चिम राजमार्गको बनगाईबाट जीतपुर तर्फ जाँदै गर्दा बा ८ च ६३९० नम्वरको कार दुर्घटना हुँदा नि धन भएको हो ।

प्रहरीका अनुसार सोमवार आज मृ-तककी बैहिनी सरिताको बिवाह थियो । सोही सिसिसिलामा आफ्नो घर कपिलवस्तु नगरपालिका– ९ जगदीशपुर गाउँबाट चाअर पार्टी प्यालेसमा जाँदै गर्दा उनको कार दुर्घटनामा परेको थियो ।

कार दुर्घटना हुँदा निधन भएका ग्लोबल आईएमई बैंक बनगाई शाखाका व्यवस्थापक सुरेश पाण्डेय ।

घटना पछि बहिनीको बिवाह रोकिएको छ। खुशायाली मनाईरहेको पाण्डेयको परिवार अहिले शोकमा डुबेको छ । प्रहरी अनुसार तीव्र गतिमा रहेको कार अनियन्त्रित भई नजिकै रहेको बिद्यतुको पोलमा ठोक्किएको थियो । कार मृ-तक आफैँले चलाएका थिए ।

दुर्घटनामा परेको कार ।

दुर्घटनामा अन्य ४ जना घाईते भएका छन् । घाइते हुनेमा रामेछाप जिल्ला मन्थली नगरपालिकाकी दुर्गा आचार्य, उनकी ३० वर्षीय छोरी अनिता आचार्य, ३ वर्षकी बालिका आरती आचार्य र कपिलवस्तु नगरपालिका– ३ क्याम्पस टोलकी ४६ वर्षीया विष्णु पौडेलको उपचार भैरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।

(Visited 36 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु