नेकपा सचेतक शान्ता चौधरीको घरमा चो-री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको घरमा चो-री भएको छ।
घोराही उपमहानगरपालिका–४ मा रहेको घरमा कोही नभएको समयमा चो-रले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चो-री गरेको छ।
सोमबार सचेतक चौधरीका आफन्तहरू घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेका थिए।
लगत्तै सचेतक चौधरीका आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए। चुनावको मतगणना सकिलगत्तै एक साता अघि काठमाडौं गएको हुदाँ घरमा कोही थिएनन्।
नेता चौधरी अहिले घर नभएको हुदाँ के-के सरसामान घरमा थिए र के-कस्ता वस्तु चो-री भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिएका छन्। यस्तै घरमा कहिले चो-र पसेको हो भन्ने बारेमा पनि जानकारी आउन नसकेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्