ललितपुरको इमाडोलमा बाढी : डोजरमा राखेर उद्धार (फोटो फिचर)


काठमाडौं : लगातारको वर्षाले ललितपुरका विभिन्न ठाउँमा बाढी आएको छ । इमाडोलस्थित किस्ट अस्पतालमा बिहानदेखि थुनिएका डाक्टर र नर्सलाई डोजरको सहायतामा उद्धार गरिएको छ । ललितपुरका अन्य विभिन्न स्थान डुबानामा परेका छन् ।
तस्बिर : सुनिता डंगोल

र यो पनि पढ्नुहोस्

उद्धारमा खटिन क्षतिको विवरण बुझ्न युवाहरुलाई सरकारको अपिल ।

काठमाडौ । लगतारको वर्षापछि अहिले नेपालभर लगातार वर्षा भइरहेको छ । तराइका धेरै जिल्ला काठमाडौं उपत्यका लगायतका क्षेत्रहरुमा बाढी देखिएको छ । कोशी आसपासमा स्थानीय बाध भत्किएला कि भन्ने पिडाले आक्रान्त भएका छन् । देशभरी जोखिम उच्च भएपछि नेपाल सरकार गृह मन्त्रालयले आपतकालिन सूचना जारी गरेको छ । सबै सचेत रहनपनि गृहले भनेको छ । साथै उद्धारमा खटिन क्षतिको विवरण बुझ्न स्थानीय युवाहरुलाई अपिल गरेको छ । गृहले यो तयारी अपनाउँन समेत भनेको छ । सबै नागरिकमा पुर्याउन सहयोग मागेको छ ।


मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।

सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।

एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।

शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।

बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।

बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।

राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।

बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनूस।

र यो पनि पढ्नुहोस्

काठमाडौ को कुलेश्वर पनि डुवानमा , ग्यासका सिलिण्डर र भाँडाकुँडा पनि बग्यो

अविरल परेको वर्षाले राजधानीको कुलेश्वर क्षेत्र डुवानमा परेको छ । कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी पनि डुवानमा परेको छ ।

भएका घरको पहिलो तला सम्पूर्ण डुवानमा परेका छन् । उक्त क्षेत्रमा आएको वाढीले थुप्रै ग्यासका सिलिण्डर, भाँडाकुँडा, लत्ताकपडाहरु पनि बगाएर ल्याएको स्थानीय संगीता राना प्रधानले जानकारी दिइन् ।

दिउँसो करिव एक वजेबाट कुलेश्वर क्षेत्र डुवानमा पर्न थालेको थियो । बल्खु खोलामा आएको बाढी बस्तीमा पसेपछि कुलेश्वर डुवानमा परेको हो । अहिले प्रहरीको उद्धार टोली प्रभावित क्षेत्रमा पुगिसकेको छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु