चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको ज्यान गयो

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

२१ मंसिर, काठमाडौं । चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृ*त्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् ।

चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृ*त्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृ*त्यु भएको छ । अन्य मृ-तकको सनाखत हुन सकेको छैन ।

र यो पनि

छोरा जन्मिएको खुशीमा घर फर्किँदा बाटोमै ट्रकले दियो ठक्कर, नवजात शिशुको मृ*त्यु, सुत्केरी गम्भीर घाइते

बाँके। ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा बाँकेमा एम्बुलेन्स चालक र नवजात शिशुको मृ*त्यु भएको छ।बाँकेबाट दाङतर्फ गइरहेको १ ज १६१ नम्बरको एम्बुलेन्सलाई ना ८ ज ५४३२ नम्बरको ट्रकले ठक्कर दिएको बाँके प्रहरीले जनाएको छ।

घटना शनिबार दिउँसो करिब पौने २ बजे भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ को जिरो पोइन्ट नजिकै ट्रकले एम्बुलेन्सलाई ठक्कर दिएको हो।

सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ वर्षीय चित्रबहादुर सुनार (चालक) र दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निवासी तिलकराम खड्का रमालती खड्काका तीन दिनको छोराको मृ*त्यु भएको हो।दुर्घटनाबाट तीन दिनकी सुत्केरी र उनका पति गम्भीर घाइते भएका छन्।

मालतीको बाँके कोहलपुरस्थित मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि उनलाई बुटवल रिफर गरिएको प्रहरी जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु