मंसिर २२ गतेदेखि २८ सम्मको साप्ताहिक राशिफल हेर्नुहोस, यी ६ राशिका लागि निकै राम्रो

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा आम्दानी बढ्नेछ । पारिवारिक कुरामा भने विवाद आउने, प्रेम सम्बन्धमा चिसोपना आउनेछ । राजनीतिक पक्ष कमजोर तर धार्मिक र आध्यात्मिक काममा भने समय व्यतित हुनेछ । साताको अन्त्यमा भने दाजुभाइको सहयोग मिल्ने एवं छोटो यात्राको तय हुनेछ ।

वृष– शुरुमा अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या एवं आफन्त बैरी बन्नेछन् । साताको मध्यमा भने रमाइलोमा खर्च हुने एवं साथीभाइसँग भेटघाट बढ्नेछ । सामान्य चोटपटकको भय एवं बोलीको कारणले बैरभाव उत्पन्न हुन सक्नेछ । विद्याध्ययनमा कमजोर योग पर्ने एवं जीवन साथीको स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने व्यवसायमा लाभ मिल्ने एवं आफन्तको सहयोग पाइनेछ ।

मिथुन– लगानीमा राम्रै आम्दानी मिल्नेछ । कृषि एवं पशुचौपायाबाट फाइदा हुनेछ । महिलावर्गको सहयोगले काममा प्रगति हुनेछ । साताको मध्यमा भने यात्रामा खर्च हुने, सरसामान हराउन सक्ने एवं मानसिक तनाव बढ्नेछ । वैवाहिक प्रसंग चल्ने एवं प्रेममा भने खुशीयाली बढ्नेछ । सन्तानको चिन्ता बढ्ने एवं स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको अन्त्यमा भने अधुरा काम पुरा हुने एवं विदेश यात्राको योग बन्नेछ ।

कर्कट– राजनीतिमा पहुँच मिल्नेछ । आफ्नो जिम्मेवारीको काममा प्रशंसा एवम कार्यभार थपिनेछ । आम्दानीको बाटो भेटिनेछ । तरल पदार्थ, होटल व्यवसाय एवं मनोरञ्जन क्षेत्रबाट आम्दानी हुनेछ । घरायसी विवाद भने बढ्ने एवं मित्रसँग सामान्य भनाभन पर्न सक्नेछ । अध्ययनमा भने सफलता मिल्ने एवं खर्च भने बढी हुनेछ । यात्रामा महत्वपूर्ण सामान क्षति हुन सक्नेछ ।

सिंह– धार्मिक रुचि एवं आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ । तीर्थ यात्रा एवं सामाजिक कार्यमा खर्च बढ्नेछ । अधुरा काम पुरा हुने एवं विदेशबाट राम्रो खबर मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने, ठुलाबडाले साथ दिने एवं धनसम्पत्तिको कारोबारमा वृद्धि हुनेछ । घरका सदस्यमा स्वास्थ्य समस्या हुने एवं मित्रबाट असहयोग मिल्नेछ । विद्याध्ययनमा भने राम्रै सफलता मिल्नेछ ।

कन्या– स्वास्थ्यमा समस्या आउनेछ । अनावश्यक विवाद बढ्ने एवं काममा आलोचना हुनेछ । साताको मध्यमा भने यात्राको सुख मिल्ने एवम अधुरा काम पुरा हुनेछन् । सामाजिक एवं परोपकारमा समय व्यतित हुनेछ । बोली बचनको कारणले दुश्मनी पैदा हुन सक्नेछ । धनसम्पत्ति हराउन सक्ने एवं दाजुभाइसँगको सम्बन्धमा सामान्य उत्तार चढाव आउन सक्नेछ । पारिवारिक मिलेमतोमा घरायसी काममा भने प्रगति देखिन्छ।

तुला– वैवाहिक सुख मिल्ने एवम प्रेमप्रसंगमा सुधार आउनेछ । पारिवारिक भेटघाट हुने एवं साझेदारी लगानीमा प्रतिफल राम्रो मिल्नेछ । व्यसायिक यात्रा हुने एवं काम छिटो पुरा हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने स्वास्थ्यले समस्या दिने एवं अनावश्यक रुपमा बखेडा आउनेछ । साताको अन्त्यमा भने वैदेशिक काममा फाइदा मिल्ने एवं भाग्यले साथ दिनाले महत्वपूर्ण काम बन्नेछ ।

वृश्चिक– स्वास्थ्यमा राम्रो प्रगति हुनेछ । खेलकुदमा प्रगति एवं घरबाहिरको काममा प्रगति मिल्नेछ । मुद्दा मामिला एवं विरोधी पक्षहरु साइड लाग्नेछन् । पारिवारिक भेटघाटमा रमाइलो हुने एवं भोजभतेरको सुख मिल्नेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या एवं यात्रामा अनावश्यक झमेला आउनेछ । धनसम्पत्तिको कारोबार भने बढ्ने एवं व्यवसायमा सन्तुष्टि मिल्नेछ ।

धनु– अध्ययनमा राम्रो प्रगति हुनेछ । सन्तानबाट सुख मिल्ने एवं कृषि तथा पशु चौपायाबाट धन प्राप्ती हुनेछ । साताको मध्यमा भने घरबाहिरको योग बन्नेछ । साथीभाइबाट सहयोग एवं आर्थिक रुपमा फाइदा हनेछ । व्यक्तिगत काममा भने तनाव बढ््ने एवं सामान्य खर्च हुनेछ । प्रेममा विवाद आउन सक्ने तथा घरायसी कुरामा सरसल्लाहमा कमी आउनेछ ।

मकर– चिसोले असर गर्नेछ । घरायसी काममा विवाद आउने एवं महिला वर्गसँग दुश्मनी बढ्नेछ । अध्ययनमा भने सफलता मिल्ने एवं आम्दानीको पाटो बढ्नेछ । सन्तानबाट राम्रो सहयोग मिल्ने एवं कला, संगीत क्षेत्रमा प्रगति हुनेछ । विद्याध्ययन एवं वैदेशिक काममा खर्च हुनेछ । यात्रामा सामान्य कष्ट एवं झमेला मिल्ने तथा अनावश्यक खर्च बढ्नेछ । साताको अन्त्यमा भने अचानक घरबाहिर जानुपर्ने तथा स्थानपरिवर्तनको योग रहेको छ ।

कुम्भ– दाजुभाइबाट राम्रै सहयोग मिल्नेछ । जोश जाँगर मिल्नाले काममा प्रगति हुनेछ । नयाँ कामको थालनी हुने तथा नयाँ ठाउँमा भ्रमण हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती हुने, मानसिक चिन्ता बढ्ने एवं पारिवारिक कुराले काममा बाधा आउनेछ । शैक्षिक क्षेत्रबाट भने आम्दानी मिल्ने एवं पर्यटन क्षेत्रमा खुशी बढ्नेछ । राजनीतिक मोह जाग्ने एवं पदको लालसाले चिन्ता बढाउनेछ ।

मीन– बोली बचनको सहयताले काममा प्रगति हुनेछ । अरुबाट धन प्राप्ती हुने एवं मिष्ठान्न भोजनको सुख पाइनेछ । आफन्तबाट सहयोग एवं पारिवारिक जमघट हुनेछ । साताको मध्यमा भने छोेटो यात्रा हुने एवं दाजुभाइ तथा मित्रहरुबाट राम्रो सहयोग मिल्नेछ । काममा प्रशंसा मिल्ने एवं पदवृद्धिको योग बन्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । साताको अन्त्यमा भने घरायसी विवाद एवं धनसम्पत्तिमा झमेला पर्नेछ । विश्वास पात्रबाट धोका हुन सक्नेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु