डा शेखर कोइराला भन्छन् “सभापति देउबाकै कारणले नेपाली कांग्रेस बिग्रिएको हो” :


नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति शेरबाहादुर देउवा लक्षित गर्दै एस्तो कुरा पोखेका छन् ! पार्टी सञ्चालनमा भाती नपुग्नु र भागबण्डा बढी हुनाले अहिले नेपाली कांग्रेस विग्रिएको बताउनुभएको छ । उहाँले ६० र ४० आँकडा पार्टीमा देखिनु र जुन सुकै विषयमा पनि भागबण्डा मात्र खोज्ने प्रबृति भएका कारण शीर्ष नेताहरुले गर्दा कांग्रेसको यो हविगत भएको दावी गर्नुभएको छ ।

डा. कोइराललाले आगामी महाधिबेशनमा कार्यकर्ताले चाहे भने अब आफुले नेतृत्व लिन सक्ने र पार्टी लाई एकदम सहज रुपमा एक ढिक्का बनाएर भागबण्डाको रानीतिको पनि अन्त्य गराउने दावी समेत गर्नुभयो । उहाँले पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सिंगो कांग्रेस कहिल्यै पनि नदेखेको टिप्पणी गर्दै पार्टीमा तेरो उति र मेरो यतिमै पार्टीलाई सिमित बनाएर कम्जोर बनाएको समेत आरोप लगाउनुभयो ।

उहाँले सभापति देउवाले अहिले सम्म पार्टीको विभाग बनाउन पनि नसकेकेकोले भातृ संगठनहरु एकदम लथालिंग को इस्थितिमा भएको बताउनुभयो ।

(Visited 18 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु