भोली (आइतबार) सार्वजनिक बिदा


गोरखा। भोली (मंसिर १ गते आइतबार) सार्वजनिक बिदा हुने भएको छ । मंसिर १ गते आइतबार प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरमा गुठी पञ्चमी पूजा हुने भएकोले त्यस दिन सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो ।

उक्त गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै मनकामना माई मन्दिरमा गुठी पञ्चमीका दिन विशेष पूजा लाग्ने भएकोले गाउँपालिका मातहत कार्यालय मंसिर १ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ।

यो पनि पढ्नुहोस: यसकारण बुवासँग खेल्ने बालबालिकाको दिमाग तेज हुन्छ

सबै आमाबुवालाई आफ्ना बच्चाहरू प्यारा लाग्छन् । उनीहरू बच्चाबच्चीको स्वास्थ्यदेखि लिएर पढाइसम्म ध्यान दिन्छन् । हालै गरिएको एक अनुसन्धानले बताएअनुसार बुवाले बच्चाहरूसँग पढ्ने र खेल्ने गरेमा उनीहरूको दिमाग तेज हुन्छ। एउटा पिताले बच्चाहरूसँग कति र कसरी समय बिताउँछ भन्ने कुराले बच्चाको बुद्धिमत्तामा असर पर्छ । त्यसैले पिताले बच्चाहरूसँग अवश्यै समय बिताउनुपर्छ ।

लन्डन विश्वविद्यालयमा भएको अनुसन्धानका अनुसार पिता शान्त, संवेदनशील र कम चिन्ता लिने स्वभावका छन् भने उनका बच्चाको दिमाग दुईगुणा तीखो हुन्छ । बच्चाले शुरुदेखि नै पितासँग घुलमिल गर्न पाए भने उसको क्षमता देखिन थाल्छ । अनुसन्धानकर्ताहरूले १२८ पिता र बच्चाहरूमाथि अनुसन्धान गरेका थिए ।

अनुसन्धानका दौरान उनीहरूले तीन महिनासम्म बच्चाहरूले आआफ्ना पितासँग खेलेको भिडियो बनाए । यसको दुई वर्षपछि उनीहरूले बच्चाहरूको मानसिक विकास सूचकांक हेरे । त्यसबाट बच्चाहरू बढी बुद्धिमान् भएको पाइयो । तपाईं पनि बच्चाहरूलाई बुद्धिमान् बनाउन चाहनुुहुन्छ भने उनीहरूसँग धेरै समय बिताउनुस् । उनीहरूका हरेक क्रियाकलापमा साथ दिनुस्।

(Visited 24 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु