मन जितेका यी पिता, जसले छोरी पढाउन हरेक दिन १२ किलोमिटरको यात्रा गर्छन्


अफगानिस्तानका एक पिता अहिले उनको दैनिक रुटिनका कारण चर्चा र सम्मानका भागिदार भएका छन् । सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ र धेरैले उनलाई सम्मान प्रकट गरेका छन् ।मिया खान नाम गरेका ती व्यक्तिले हरेक दिन १२ किलोमिटर लामो यात्रा तय गर्छन् । उनले सो यात्रा छोरीलाई स्कूलबाट लागि तय गर्ने गरेका हुन् ।

अफगानिस्तानमा काम गर्दै आएको गैरसरकारी संस्था स्वीडिस किमिटि फर अफगानिस्तानका अनुसार खानले मोटरसाइकलमा १२ किलोमिटर यात्रा तय गरेर विद्यालय अगाडि पुग्छन् । केही घण्टा पर्खिन्छन् र छोरीको स्कूल सकिएपछि उनलाई लिएर घर फर्किन्छन् । उनका लागि यो नियमित काम बनेको छ ।

उनले हेरक दिन तीन छोरीलाई स्कूल लैजान्छ र त्यसै गरी ल्याउँछन् । आफ्ना लागि छोरीहरुको अध्ययन सबैभन्दा महत्वपूर्ण रहेको उनी बताउँछन् । यसको कारण आफ्नो घर भएको क्षेत्रमा महिला डाक्टर नहुनु रहेको उनी बताउँछन् ।

मिया आफ्नो छोरीहरुलाई राम्रो पढाएर डाक्टर बनाउन चाहन्छन् । उनले भनेका छन्, ‘मैले पढेको छैन, म दैनिक ज्यालादारीमा आएको पैसाले जीवन चलाउँछु । तर मेरा लागि छोरीहरुको शिक्षा महत्वपूर्ण छ ।’

उनले अघि भनेका छन्, ‘हाम्रो क्षेत्रमा महिला डाक्टर छैनन् । म छोरीहरुलाई छोरा जस्तै गरेर धेरै पठाउन चाहन्छु । र यो मेरो उत्कठ चाहना हो।’मिया र उनका छोरीहरु बारे सामाजिक सञ्जाल फेसबुकमा गरिएको एक पोस्ट भाइरल भएको छ ।

हजारौँले सो पोस्ट लाइक गरेका छन् र अधिकांशले मियाको प्रशंसा गर्दै त्यसलाई सेयर गरेका छन् ।मियाका तीन छोरी मध्ये कि एक रोजीले पढ्न पाएकोमा आफू निकै खुशी रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘बुवा वा दाइले रहेक दिन हामीलाई स्कूल ल्याउनु हुन्छ र बुवाले हरेक दिन घर लैजानु हुन्छ ।’

(Visited 14 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु