मुस्ताङ । मुस्ताङ र म्याग्दीको सीमानामा पर्ने घोप्टे भीर नजिकै सडक भासिएको छ । सडक भासिए लगत्तै सिधा सवारी आउजाउ बन्द भएको छ । अविरल रुपमा परेको बर्षाका कारण उक्त स्थान सडक भासिएको हो

करिब चार दिनदेखी परेको अविरल बर्षाले उक्त सडक खण्डको करिब ५ मिटर भन्दा बढी सडक भासिएको मुस्ताङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बताउनुभयो, उहाँले भन्न्भयो, बेनी जोमसोम सडक खण्ड अन्तर्गत घोप्टेभिरमा दिउँसो बाट सडक अवरुद्ध भएको हो । घोप्टे भिर नजिक ५ मिटर जमिन भासिएको छ भने करिब २० मिटर बराबरको जमिन भासिएको छ । जमिन भासिए लगत्तै सिधा सवारी आउजाउ नै अवरुद्ध भएको छ ।

अविरल वर्षासँग भासिएको सडक । सडक भासिएसँगै सवारीसाधन आवतजावत बन्द भएको छ ।

उता नियमित बर्षाका कारण बेनीदेखी मुस्ताङसम्मको बिभिन्न स्थानमा सडक अवरुद्ध भएको मुस्ताङको लेते निवासी युवा अगुवा अबिनास गौचन थकालीले बताउनुभयो । शुक्रबार दिउँसो करिब ३ बजेबाट अचानक जमिन भासिएको उहाँले बताउनुभयो । उक्त स्थानमा जमिन भासिएको खबर पाएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी लगायतको टोलि स्थलगत अनुगमनमा गएको हो ।

अब सो स्थानमा सडक बन्न कठिनाइ हुने भएकोले सिधा सवारी लगायत यात्रुलाई आउजाउमा समेत कठिनाइ हुनेछ । स्मरण रहोस् गत साल सोहि स्थानभन्दा केहि तल बादरजुङ भिरमा समेत भीषण पहिरो गएको थियो । जसका कारण एक महिना भन्दा बढी सिधा सवारी आउजाउ नै रोकिएको थियो । भने सडक खुलाउन बम ब्लास्टिङ नै गर्नुपरेको थियो ।

(Visited 123 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *