यी युवतीले दिईन रवि लामिछानेलाई ठाडो चे तावनी


काठमाडौ । पछिल्लो समयका चर्चित सञ्चारमाकर्मी रवि लामिछानेको चारै तिर चर्चा भइरहेको छ । तर समयसमयमा यस्ता केही कुराहरु आउँछन जस्ले लामिछानेमाथि नै कहिलेकाँही गम्भीर प्रश्न खडा हुन्छ । यस्तै अहिले सामाजिक सञ्जालमा एकजना मोडल आसिका तामाङले लामिछानेलाई निशानामा राखेर केही कुरा लेखेकी छिन् ।

उनले लामिछाने कार्यरत संस्थाका कर्मचारीले चुरोट पिएको कुरालाई लिएर सवाल उठाएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर राख्दै यस्तो कुरा जानकारी गराएकी हुन् । उनले लेखेको स्टाटस यस्तो छ , ‘आदरणीय रवि लामिछाने दाइ तपाईले गर्नु भएको हरेक कामको म ठुलो समर्थक हुँ र हजुरको काम प्रति मेरो सम्मान छ ।

आज म सोरखुट्टे अफिस देखी चक्रपथ हुँदै घर फर्कदै थिए बाटोमा साउदी राजदुतावास र अमेरिकी राजदुतावास को बिचमा जामले रोकिएको त्यही बिचमा मैले न्युज२४ को भ्यान देखे र भ्यान बाट बिच बाटोमै चुरोट खादै झ्यालबाट धुवा उडाउदै गर्दा त्यही भ्यान सङ्गै रहेको बाइकवालालाई असर गरिरहेको थियो ।

त्यही चुरोटको ठुटो बाटोमा फालेको देखे साथै यत्रो ठुलो आर्दशबादी पत्रकारका सहयोगी साथी कर्मचारीले अनैतिक सामाजिक कार्य र आफ्नो कर्तव्य पुरा गर्न चुकेको देख्दा अचम्मित भए । रबि दाइ आज एउटा मेरो गुनासो सिधा कुरा जनता सङ्ग आफ्नो कार्यलयको कर्मचारीलाई कृपया केही सामाजिक दायित्व सिकाइदिनु हुन हार्दिक अनुरोध गर्द छु ।’ अहिले उनको यो पोष्ट भाइरल भइरहेको छ । सकरात्मक र नकरात्मक दुबै खालका प्रतिकृयाहरु आइरहेका छन् ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु