कीर्तिमानी स्वर्ण विजेताको पीडा : बरु पार्ट टाइम जागिर दिए हुन्थ्यो !

भारोत्तोलनकी सञ्जु चौधरीले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्नै इतिहास रचेकी छन् । तर भविश्यको चिन्ताले उनलाई यो सफलतामा पूर्ण खुुसी हुन दिएको छैन ।
खेलभन्दा जागिर गर भनेर घरबाट आउने दबाबबाट आजित उनी भन्छिन्, ‘बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि खुसी हुन्थे ।’
००००
सञ्जु चौधरीका बाबा धुम्बाराही चोककै एउटा अस्पतालमा काम गर्छन् । उनी त्यही अस्पतालले व्यवस्था गरिदिएको आवासगृहमा जन्मिइन्, त्यहीँ हुर्किइन् । स्कुलले बनाइदिएको ‘कडा नियम’लाई शीरोपर गर्दै उनले त्रिकेटको ब्याट समाइन् र भनिन्, ‘सर म क्रिकेट खेल्छु ।’
कक्षा १० सम्म त्रिकेट खेलिन् । स्कुले जीवनमै प्रधानमन्त्री कप पनि खेलिन् । तर जब एसईई दिने बेला भयो । परिवारले भन्यो, ‘अब नखेल, पढाइमा ध्यान देऊ । खेलेर कहीं पुगिँदैन ।’
त्यसपछि उनले क्रिकेट खेल्न चट्टक्कै छोडिदिइन् र पढाइमा ध्यान दिइन् । एसईई सकियो । पास भइन् ।
बरु बिहान बेलुका खेल्थ्यौं । दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि खुसी हुन्थे
मनमा खेलप्रतिको रुचि आँधी जसरी उर्लिरहेकै थियो । ‘मनको आँधीलाई कहाँ विश्राम दिऊँ ? क्रिकेट खेल्न त घर बाहिर धरै डुल्नुपर्छ घरकाले दिँदैनन्,’ चौधरी प्रत्येक पल यही दुविधाको बक्र रेखामा अल्झिरहेकी थिइन् । तर, मनको बेचैनीले समाधान पाएको थिएन ।
ज्यान पातलो, तर गह्रौं सामान सजिलै उठाउन सक्ने ल्याकत थियो । त्यति नै बेला सहरमा नयाँ मान्छे उदाए, भारोत्तोलन खेलप्रेमी । उनैले भने, ‘अब तिमी भारात्तोलनमा लाग्नुपर्छ । यो खेल तिमीलाई हुन्छ ।’ होस्टेल नजिकै, धेरै टाढा पनि जानु नपर्ने । उनको मनको बेचैनी केहीबेरमै दूर भएजस्तो भयो ।
‘वेटलिफ्टङबारे थाहै थिएन । तर घरभन्दा टाढा जानुनपर्ने सुनेपछि हुन्छ भनिदिएँ,’ चौधरी भन्छिन्, ‘भार उठाउनु पर्ने रहेछ ।’
तर उनले हार मानिनन् । भारोत्तोलनमा लागिन् । फेरि परिवारले साथ दिएन । कुनै काम गरेर खाला भनेको खेलेर बिताउन थालेपछि कसको आमाबाबुले हुन्छ भनिदिउन् ? उनी फेरि अर्को समस्यामा परिन् ।
अनलाइनखबर डटकममा प्रकाशित यो स्टोरी पूरा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रतिकृया दिनुहोस्