भाइरल जोडीलाई सहयोगको ओइरो…


अहिलेको भाइरल बिषय ६७ बर्षिय बृद्ध र २१ बर्षिय पुजाको बिबाहको कुरा छ । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।

चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् ।शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ ।

उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन ।साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन । घरको अवस्था धेरै नै बिजोक रहेको छ । भाइरल जोडीको घरमा आज सहयोग लिएर धेरै सहयोगी हातहरु यी भाइरल जोडीको घर पुगेका छन् ।
तलको भिडियोमा हेर्नुहोस भाइरल जोडीको अन्तरवार्ता ।

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु