‘चुनावमा उठ्दा लागेकाे ऋण तिर्न मलेसिया पुगे, बाकसमा फर्किए’


बझाङ। वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नु भएका छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दा’हसं’स्कार भएको छ । आठ वर्षीय छोरा अंकितले बुवालाई दागब’त्ती दिनुभयो । छोराछोरीको पढाइ खर्च, घरायसी खर्चसँगै गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न भन्दै बोहरा २०७४ सालको पालिका चुनावपछि मलेसिया पुग्नुभएको थियो ।

कामको सिलसिलमा मलेसियामा रहनुभएका बोहोरा गएको मंसिर १३ गते सुत्ने कोठामा मृ’त अवस्थामा फे’ला पर्नुभएको आफन्तले बताएका छन् । शुक्रबार छविसपाथिभेरा गाँउपालिकाको खोरीगाड दोभानमा उहाँको दाहसंस्कार गरिएको हो ।बोहराको मृ त्यु कसरी भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । कतिपयले बोहराको मृ त्यु हृ दयघा तका कारणले भएको हुनसक्ने बताएका छन् ।

प्रतिकात्मक तस्विर ।

बोहरा पालिकाको चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार पनि हुनुहुन्थ्यो । त्यो चुनावमा बोहरा १०२ मतले पराजित हुनुभएको थियो । ‘चुनावमा झण्डै ७/८ लाख रुपैयाँ खर्च भयो, पराजय पनि भोग्नुपर्यो । त्यसपछि गाँउघरमा कुनै विकल्प नभएपछि दाइ मलेसिया पुग्नुभयो’, भाइ वसन्तले भन्नुभयो ।

चुनावमा भएको आधाभन्दा बढी खर्चको ऋण रमेशले दुई वर्षमा नै तिर्नु पनि भयो । ‘पालिकाको चुनाव निकै खर्चिलो भयो’, उहाँकी पत्नी अन्जनादेवीले भावुक हुँदै भन्नुभयो, ‘ऋण तिर्न भन्दै विदेश गएका थिए । पैसा पठाउँछु, ऋणको केही चिन्ता नलिनु भन्थे तर आज आएर आफै बाकसमा फर्किए ।’

‘छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा जम्मा गर्नुपर्छ भनेर रमेश मलेसिया पुग्नुभएको हो । तर आज आएर यो दिन देख्नु पर्‍याे । अबको चैत महिनाभित्र त घरमा आउँछु, चिन्ता नलिनु भन्दै हुनुहुन्थ्यो तर आज …’, अन्जनाले भन्नुभयो । उहाँका ८ वर्षीय एक छोरा, १० वर्षीया र ३ वर्षीया दुई छोरी छन् ।

(Visited 10 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु