‘जलपरी’ गौरीकाले स्वर्ण जित्दै हात पारिन अर्को ऐतिहासीक सफलता

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

इमेची डटकम । २० मंसिर, काठमाडौं :

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण पदक हात पारेकी छन् । यस अघि नै एक ऐतिहासीक स्वर्ण हात पारेकी गौरिकाले शुक्रवार पनि त्यो शिलसिला जारी राखेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रबार गौरिकाले स्वर्ण जितेकी हुन्।

शुक्रबार बेलुका ६ बजेसम्म सागमा विभिन्न देशले पाएको पदकहरुको संख्या ।

बिहीबार उनले एकल पौडी अन्तर्गत पहिलो स्वर्ण जित्दै ऐतिहासीक काम गरेकी थिइन्। सानै उमेरमा ओलम्पिकमा भाग लिएर नाम कमाएकी उनी जलपरी गौरिकाले सागमा पनि चर्चा बटुलेकी छन् । तीन वर्षअघि ब्राजिलको भएको रियो दि जेनेरियोमा विश्व खेलकुद ‘ओलम्पिक’ मा भाग लिँदा उनी १३ वर्षकी मात्र थिइन् । उनले त्यती बेला विश्वकै कान्छी खेलाडीका रुपमा चर्चा कमाएर नेपालकै नाम चर्चामा ल्याएकी थिइन् । अहिले सागमा पनि व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेर त्यो चर्चालाई कायम राखेकी छन् । उनलाई जलपरीका नाममा चर्चा गरिन्छ ।

गौरिकाले १३औं सागको बिहीबार भएको महिला दुई सय मिटर फ्रिस्टाइल स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। भारत र श्रीलंकाको दवदवालाई चिर्दै उनी ब्यक्तिगत स्वर्ण जित्ने पहिलो नेपाली बनेकी हुन् । गौरिकाले निर्धारित दूरी दुई मिनेट ५।०६ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन्। उनले भारतीय खेलाडीलाई दुई सेकेन्डभन्दा पनि कम अन्तरले पछि पारेकी थिइन्।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु