नायक बिपिन कार्कीलाई पुत्री लाभ !

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

काठमान्डौ , राष्ट्रिय अवार्ड विजेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ। विपिन सोमबार बिहान छोरीका बाबु बनेका हुन्। काठमाडौंस्थित वयोधा अस्पतालमा आज बिहान ६ बजेर ३२ मिनेट जाँदा विपिनलाई पहिलो सन्तानका रूपमा पुत्रीलाभ भएको हो।विपिन रेश्मा कटुवालसँग पाँच वर्षअगाडि बिवाह-बन्धनमा बाँधिएका थिए। अभिनेता विपीनले आफ्नो परिवारमा बेबी गर्ललाई स्वागत गर्न पाउँदा आफूलाई निकै ठूलो भाग्यमानी अनुभूति गरिरहेको उल्लेख गरेका छन् । छोरी जन्मिदाको खुसि साट्दै अभिनेता कार्कीले भने,’बडो त’नाब हुँदो रहेछ बाउ बन्ने कुरा ।के होला, कसो होला भन्ने ड’र चि’न्ता हुँदो रहेछ ।

सि’जरिङ गर्नु परेकाले अलिक ड’र थियो मनमा । तर, अहिले आमा र छोरीको अ’वस्था सामान्य छ । पहिलो सन्तानको रुपमा हाम्रो घरमा लक्ष्मीको आगमन भएकोमा हामी दम्पती निकै खुसि छौँ ।’छोरीको नाम के राख्नु भयो भन्ने प्रश्नमा विपिनले भने, ‘दुई चार ओटा नाम सोचिराखेको छु । यही राख्ने भन्ने एकिन गरेका छैनौँ । उनले ठट्यौली शैलीमा भने, ‘आफ्नो नाम पनि मिलाएर राख्नु पर्यो नि । हतार छैन वितारै सोचेर राख्छौँ नाम चाहिँ ।सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा छोरीलाई काखमा राखेको तस्बिर पोस्ट गर्दै विपीनले लेखेका छन्, ‘उनी हाम्रो प्रेमको पहिलो सन्तानका रूपमा उ’त्पादन भएकी छन् । यसले हामीलाई कृ’तज्ञ बनाएको छ ।’

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु