प्याजको मूल्य प्रतिकेजी २ सय पुग्यो

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

काठमाडाै । असोज १२ गते भारतले प्याज निकासीमा प्रतिबन्ध लगाउँदा नेपाल बजारमा प्याज प्रतिकजी अधिकतममा थोक बजार मूल्य १ सय २० रुपैयाँ थियो। तर, झन्डै ४५ दिनपछि प्याजको मूल्य थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ६० रपैयाँ पुगेको छ।

थोक बजारमा १ सय ६० रपैयाँमा कारोबार भएको प्याजको खुद्रा मूल्य भने प्रतिकेजी २ सय रुपैयाँ पुगेको छ। थोक बजारमा बुधबार प्रतिकेजी अधिकतम १ सय ४५ रुपैयाँ रहेको प्याजको मूल्य शुक्रबारसम्म आइपुग्दा १ सय ६० रुपैयाँ पुगेको छ। बिहीबारको तुलनामा शुक्रबार प्रतिकेजी १० रुपैयाँले बढेको हो। विहिबार प्याज थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यसअघि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि खासै मूल्य बढ्को थिएन।

दसैं तथा तिहारसम्म नेपाली बजारमा प्याज प्रतिकेजी सरदर थोक बजरमा एक सय रुपैयाँ र खुद्रा बजारमा १ सय २० रुपैयाँमै कारोबार भइरहेको थियो। भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु