चाणक्य प्राचीन समयका महान् दार्शनिक हुन् । उनले अर्थ, राजनीति, दर्शन शास्त्रलगायतका महान् ग्रन्थ नै तयार पारेका छन् । आजको युगमा पनि उनको नीति कमजोर सावित हुन सकेको छैन । उनी कुटिल रणनीतिकार पनि हुन् । उनकै कुटनीतिले एक सामान्य बालक चन्द्रगुप्त विशाल भारतको सम्राट हुन सफल भए ।

उनका जीवनोपयोगी नीतिहरू :

१. सोचेको कुरा व्यक्त नगर्नुस् । वद्धिमान् मानिसले आफ्नो योजनाबारे कसैलाई बताउँदैन । आफूले सोचेको कुरालाई पूरा गर्नका लागि दृढ रहनुहोस्, तपाईंको जित पक्का छ ।

२. शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछ । शिक्षाले सौन्दर्य र यौवनलाई समेत परास्त गर्ने गर्छ ।

३. मूर्खताजस्तै यौ$वन पनि दुःखदायी हुने गर्छ । किनभने जवान हुँदा व्यक्तिले काम-वासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर, योभन्दा पनि अधिक कष्टप्रद भनेको अरू व्यक्तिमा आश्रित हुनु हो ।

४. सर्प वि$षालु छैन भने पनि उसले आफूलाई वि$षालु देखाउनु आवश्यक छ, मानिस पनि इखालु हुनुपर्छ ।

५. ती आमाबुवा बच्चाहरूका लागि शत्रुजस्तै हुन्छन्, जसले आफ्ना बच्चालाई राम्रो शिक्षादीक्षा दिएका हुँदैनन् । किनभने अनपढहरूको विद्वान्का बीचमा निकै बेइज्जत हुन्छ ।

६. नदीको किनारमा रोपिएको जीवन अनिश्चित हुन्छ । किनभने नदीमा आएको बाढीले किनारामा रहेको रूख उजाडिदिन्छ । यस्तै, अरूको घरमा बस्ने स्त्री पनि कुनै समय पतनको मार्गमा जान सक्छिन् । यस्तै, जुन राजासँग राम्रो सल्लाह दिने मन्त्री छैनन्, ती राजा धेरै समयसम्म सुरक्षित हुन सक्दैनन् ।

७. जसरी यौ$नकर्मी सम्पत्ति सिद्धिएपछि परपुरुषको मुख पनि हेर्दिनन्, त्यसरी नै बज राजा शक्तिहीन हुन्छन् तब प्रजाले उनको साथ छोडिदिन्छन् । रूखमा बस्ने पंक्षी पनि त्यतिबेलासम्म मात्रै त्यहाँ बास बस्ने गर्छ, जबसम्म त्यसले उक्त रूखबाट फल प्राप्त गर्छ ।

८. जुन प्रकारले पत्नीवियोगको दुःख आफ्नो भाइ–नातागोताले प्राप्त गर्ने अपमानको दुःख असैह्य हुन्छ, त्यसरी नै ऋणले दबिएको व्यक्ति हरेक समय दुःखी नै रहन्छ । दुष्ट राजाको सेवाका लागि बस्ने नोकर पनि दुःखी नै रहन्छ ।

९. जुन व्यक्तिको छोरा उसको नियन्त्रणमा हुन्छ, पत्नी उनको आज्ञाअनुसार व्यवहार गर्छिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन्, त्यस्ता व्यक्तिका लागि संसार स्वर्गजस्तै हुन्छ ।

१०. खानाका लागि मीठो पदार्थ उपलब्ध हुनु, त्यसलाई पचाउने शक्ति हुनु, सुन्दर महिलासँग संसर्गको लागि कामशक्ति हुनु, प्रचुर धनका साथै धन दिने इच्छा हुनु, यी सबै सुख मानिसका लागि निकै कठिन रूपमा प्राप्त हुन्छन् ।

(Visited 41 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *