नाकभित्र उम्रियो दाँत, एक्सरे रिर्पोटपछि चिकित्सकनै चकित


एजेन्सी । कुनै कुनै समयमा मानिसलाई यस्तो समस्या वा रोग आइलाग्छ । जुन सुन्दै अचम्म लाग्ने गर्दछन्।

यस्तै घटना चीनमा पनि देखिएको छ। त्यहाँका एक व्यक्तिको मुखको साटो नाकभित्र दाँत उम्रिएका छन्। यो कुराको तब थाहा भयो जब ती व्यक्तिले नाकभित्र कुनै चीज भएका कारण स्वास प्रस्वासमा समस्या भएको थाहा पाए।

उनी उक्त समस्या लिएर अस्पताल पुगेपछि नाकभित्र दाँत उम्रिएका कारण सास फेर्न समस्या भएको पत्ता लाग्यो।

चीनका झांग बिंसेग नामका एक व्यक्तिलाई तीनमहिनादेखि सास फेर्न समस्या भइरहेको थियो। त्यसपछि उनले चिकित्ससँग भेट्ने फैसला गरे। उनले चिकित्सकलाई राति सास फेर्न गाह्रो भएका कारण सुत्न पनि समस्या भएको बताए।

त्यसपछि चिकित्सकले उनको नाकको एक्सरे गर्ने सल्लाह दिए। जब एक्सरे रिर्पोट आयो तब चिकित्सकनै चकित बने। उनको नाकभित्र एउटा ठूलो दाँत देखियो। चिकित्सकका अनुसार ती व्यक्तिको नाकभित्र बाल्यकालमा दुर्घटनाका कारण दाँत अड्कीएको र पछि ठूलो हुँदै गएपछि सासफेर्न समस्या भएको पाइएको छ।

उनी १० वर्षको हुँदा दुर्घटनामा परेका थिए। जस बेला उनको दाँतको एक टुक्रा भाँचिएको थियो। उक्त दाँत ती व्यक्ति ३० वर्षको भएपछि नाकभित्र भेटिएको हो। ३० मिनेटको सल्यक्रियापछि चिकित्सकले नाकभित्रको दाँत बाहिर निकालेका थिए।

(Visited 29 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु