प्रधानमन्त्री ओलीको मोदीलाई चेतावनी: नेपाली भूमिबाट तिम्रो सेना हटाउ, हामी एक इन्च जमिन तिम्रो पनि लिंदैनौ र हाम्रो पनि दिदैनौँ (भिडियो)

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : December 6th, 2019,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने बताउनुभएको छ । उहाँले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गर्नुभएको छ । ‘हामी आफ्नो भुमी एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । तर हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् प्रधानमन्त्री ओलीको भनाई थियो ।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपालको सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन बर्तमान सरकार सक्षम रहेको बताउनुभयो । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले बिदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पार्नुभएको हो ।

सीमा मिचिएको मुद्दामा भइरहेको आन्दोलनबारे आफु जानकार रहेको उहाँले बताउनुभयो । ‘सीमाको विषयमा केहीले आन्दोलन गरिरहेका छन्। युवा (विद्यार्थी सडकमा उत्रिएका छन्,’ उहाँले भन्नुभयो, ‘राजनीतिक नाममा केही उछृंखल गतिविधि पनि देखिए तर त्यो ठीक होइन, केहीले अतिरिक्त हिरो देखिन, अतिरिक्त देशभक्त देखिने प्रयास गरे, त्यो पनि ठीक होइन ।’ प्रधानमन्त्री ओलीले उछृङ्खलताले समस्या समाधान नहुने तर्क गर्नुभयो ।

उहाँले नेपाली भूमिमा बसेका भारतीय सेना फिर्ता पठाउनु समस्या समाधान भएको उल्लेख गर्नुभयो । ‘हामी भारतलाई हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् भन्छौ । हामी हाम्रो जमिनमा हाम्रो सेना राख्छौँ भन्छौं’ उहाँले थप्नुभयो, ‘हामी विश्व शान्तिमा लागेका छौँ । शान्ति सेनामा हाम्रा सैनिक पठाएर, अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छ ।’ अहिलेको सरकार भारतसँग संवाद गर्न नडराएको उहाँको तर्क थियो।

उहाँले आफ्नो सिमाको विषयमा सरकार सम्वाद गर्न सक्ने अवस्थामा रहेको भन्दै अतिक्रमित भूमिबाट विदेशी फौज फिर्ता गराउने दावी गनुृभयो । प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताउनुभयो । ‘एक केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै अहिले नेपाल त्यो अवस्थामा छैन । ’ प्रधानमन्त्रीको भनाई थियो ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु