जुम्लाको नेवा खाजा घरमा आगलागी, क्षति विवरण आउन बाँकी


जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको नेवा खाजा घरमा आगलागी भएको छ । चन्द्रनाथ नगरपालिका–५ चन्दनाथ मन्दिर अगाडि रहेको नवराज श्रेष्ठको ‘नेवा खाजा घर’मा शनिबार बिहान करिब ११ बजे आगलागी भएको हो ।

नगरपालिकाको दमकल, विपद् ब्यवस्थापन टोली, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको संयुक्त सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । पूजा–पाठ गर्ने क्रममा आगलागी हुन पुगेको आशंका गरिएको छ ।

आगो नियन्त्रणका लागि समयमै दमकल आइपुगेको हुनाले मानवीय क्षति नभएको दैविक प्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिए ।

कसरी आगलागी हुन पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । आगलागीबाट के–कति क्षति भयो भन्ने विषयमा मुचुल्का उठाइरहेको प्रहरी प्रमुख डिएसपी लाल बहादुर धामीले बताए ।

(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु