अर्को वर्षदेखी असोज महिना हटाउने तयारी


काठमाण्डौँ । पात्रो सुधार गर्ने अभियन्ताहरुले विसं २०७७ सालको पात्रोबाट असोज महिना हटाउन सरकारसँग माग गरेका छन् । लामो समयसम्म पर्वहरुको तिथिमिति सुधार गरेर नयाँ क्यालेण्डर नबनाएका कारण हाम्रा चाडपर्वहरु आकाशीय ग्रहस्थितिसँग नमिलेको भन्दै आवश्यक सुधार गर्न उनीहरुले माग गर्दै आएका हुन् ।

पर्वसुधार अभियन्ता मल्ल भन्छन्, ‘२०७७ सालमा पात्रो नसच्याउने हो भने तीन वर्षपछि अर्थात् २०८० सालमा मात्रै सच्याउन मिल्छ । त्यसैले नेपाल सरकार, पञ्चांग निर्णायक समिति लगायत सबै सरोकारवालाहरुले नयाँ पात्रो बनाउने बेला नहुँदै यसबारे गम्भीर हुन जरुरी छ ।’

आगामी वर्षको पात्रोबाट एक महिना हटाएको खण्डमा आकाशीय पिण्डहरुको गतिसँग हामीले मनाउने पर्वहरु मिल्ने भएकाले आगामी वर्षको पात्रोबाट असोज महिना हटाउन र असोजमा पर्ने चाडहरु भदौमै मनाउन पर्वसुधार अभियन्ताहरुले माग गरेका हुन् । अधिकमासको एक महिना समायोजन नगर्दा सिङ्गो एक पूर्णिमा अघि सरेकाले यसमा सुधार गर्नुको विकल्प नरहेको उनीहरुको तर्क छ ।

(Visited 55 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु