इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,
काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । सुन शुक्रबार तोलामा रु ७ सय रुपैंयाँले घटेको हो । सुनकाे मुल्य निर्धारणा अब भाेलि मात्र हुनेछ ।
बिहीबार तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबार घटेर तोलामा ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि तेजावी सुनको मुल्य तोलाको रु ६९ बजार ९०० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस्