सुकुटे दुर्घटना : जितबहादुरले हारेको त्यो क्षण जब अँगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरा गुमाएँ


दशैंदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कदै गरेको दोलखा शैलुङ गाउँपालिका–३ का जितबहादुर खडकाको साथमा अहिले छोरी मात्रै साथमा छिन् । खड्का आइतबार श्रीमती र छोराछोरी लिएर घरबाट निस्किएका थिए । त्यही पाइलो नै श्रीमती र छोराले घरको मुलढोकामा टेकेको अन्तिम पाइलो भयो । एकै सिटमा रहेकी छोरी र उनी कसरी बचे उनलाई अहिले सम्झना छैन ।

टाउँकामा गम्भिर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो, श्रीमती अंगालोमा लोलाई रहेकी थिइन । सँगै रहेकी छोरी पनि दाइ राजिवसँग कुराकानी गर्दे थिइन् । एक्कासी गडंग आवाज आयो । त्यसपछि उनी बोल्नै सकेनन् । सुकुटे भन्दा केही किलोमिटर अगाढी सपरिवार रमाइलोसँग खाना खाएर अघि बढेको ५ मिनेटमा नै खडकाले श्रीमती र छोरालाई सधैंको लागि गुमाउनु प-यो । बाह्रबिसेको यात्रुबसलाई ओभरटेक गरेर अघि बढेको बस फेरी नियन्त्रणमा फर्कन सकेन र खोलामा खस्यो । यो समाचार राजधानी दैनिकमा दिनेश थापाले लेखेका छन् ।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु