भारतद्धारा आकस्मिक नेपालगञ्जको सीमा नाका बन्द


बाँके । भारतले आकस्मिकरुपमा नेपालगञ्ज जमुना नाका बन्द गरेको छ । शनिवार विहानैदेखि भारतले नाका बन्द गरेको स्थानीयले बताएका छन् । तर नाकाबन्दको जानकारी नेपाली सरकार र नेपाली अधिकारीहरुलाई दिइएको छैन ।

भारतको सुप्रिमकोर्टले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको फैसला शनिवार सुनाउँदैछ । निकै ठुलो चासोकोरुपमा हेरिएको मुद्दाको फैसालपछि हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरी भारतले नेपालगञ्जको जमुना नाका बन्द गरेको हो । भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । आधिकारिकरुपमा कुनै जानकारी भने दिइएको छैन ।

नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी आएको छैन, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने राम मन्दिर–बाबरी मस्जिद मुद्दाको फैसला हुने भएपछि बन्द गरेको सुचना पाएको छु । भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ ।

भारतीय प्रहरीले नेपालबाट कसलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई भने रोकिएको छैन । नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ । भारतबाट पनि नेपालतर्फ आउन दिइएको छैन ।

(Visited 35 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु