दु*खद खबर : नेपाल फर्कने तयारीमा रहेका दुई नेपालीको दुर्घ*टनामा परि मलेशियामा नि*धन !!


मलेशिया । रोजगारीका लागि मलेशिया पुगेका दुई नेपालीको सवारी दुर्घटनामा परि निध*न भएको छ ।

शुक्रबार मलेशियाको साहाआलममा भएको दुर्घट*नामा मोटरसाइकलमा सवार नुवाकोटका शिव दाहाल र डडेल्धुराका सुरेन्द्र भट्टको घटना स्थलमै निध*न भएको मलेशिया बाट आशिष तामाङले जानकारी दिएका छन्।

आर एल सेक्युरिटी कम्पनीमा काम गर्न भनी ६ बर्ष अधि मलेशिया पुगेका उनीहरु नेपाल फर्किने तयारीमा रहेका भए पनि दुर्घटनामा परि निधन भएको खबरले यतिबेला परिवार गहिरो सोकमा डुबेको छ ।

घटना बारे मलेशिया स्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने मृतकको सव पोस्ट मार्टमको लागि स्थानीय अस्पतालमा राखिएको र प्रक्रिया पूरा गरि नेपाल फर्काउने तयारी रहेको तामाङले जानकारी दिएका छन् ।

यता नेपालमा भने : बिहीबारदेखि आएको अविरल वर्षाका कारण राजधानीका विभिन्न भागमा बाढी र पहिरो आएको छ। पहिरोले मूलपानीमा ३ जना र ललितपुरको बागमती-३मा एक जनाको मृत्यु भएको छ।

पाटन, भक्तपुर, कलंकी, कुलेश्वर, ढुंगेअड्डालगायत क्षेत्र डुबानमा परेका छन्। कुलेश्वरको ओरेन्टल कोलोनी डुबानमा परेपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर नागरिकको उद्धार गरेका छन्।

बाढीले आफ्ना घरभित्रका सरसामान बगाएर लगेको प्रभावितले बताएका छन्।

हेर्नुस् तस्बिरहरू


 

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु