सिमाको रक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजिनामा मागियो !


Joj:yfkg ;+3sf] ;fwf/0f;ef sf7df8f}Fdf cfOtaf/ cfof]lht g]kfn Joj:yfkg ;+3sf] #&cf}F jflif{s ;fwf/0f;efsf] pb3f6g ;df/f]xdf g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nLnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

भारतले नेपालको भूभाग आफ्नो नक्सामा राखेर निकाल्दा समेत केपी ओली नेतृत्वको सरकार मौन बसको भन्दै रामेछापमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनाम माग गरिएको छ । देशैभर जनताले आवाज उठाउँदा समेत सरकार मौन बसको भन्दै शुक्रबार साँझ नेविसंघ रामेछापले प्रधानमन्त्रीको राजिनामा माग गर्दै सरकार विरुद्धै नारा लगाएको हो ।

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा ‘भारतिय हस्तक्षेपको विरुद्ध विरोध र्‍याली’ लेखिएको कालो ब्यानर सहित ‘ओलीको राष्ट्रबाद हेरियो देशकै नक्सा फेरियो’, ‘केपी ओलीको राष्ट्रबाद भारतसँग लम्पसरबाद’ जस्ता नारा लगाउँदै नेविसंघले मन्थली बजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमा पछि देवकोटा चोकमा बिरोध र्‍यालीलाई सम्बोधन गर्दै नेविसंघ रामेछाप प्रदेशसभा ‘ख’ का सभापति उत्तम कार्कीले भारतले नेपालको नक्सालाई आफ्नो भूमीमा राखेर नक्सा सार्वजनिक गर्दा समेत केपी ओली नेतृत्वको सरकार मौन बसेको भन्दै सरकारकै विरुद्धमा आफूहरु नारा लगाउन बाध्य भएको बताउनुभयो ।

रामचन्द्र वि.क ले नेपाल समाचार पत्रमा यो खबर लेखेका छन् ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु