भारतको नयाँ नक्शा प्रकरण : प्रधानमन्त्री ओलीले बोलाए सर्बदक्षीय बैठक


काठमाडौं । भारतले आफ्नो नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी र लिपुलेक समेटेपछिको परिस्थितिको बारेमा छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बपक्षीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार भारतले आफ्नो नक्सामा राखेको कालापानी र लिपुलेकबारे छलफल गर्नका लागि शनिबार (भोलि)४ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरुका साथै सीमा विज्ञहरुलाई बोलाइएको छ ।

भारतले कालापानीलाई आफ्नो नक्सामा समेटेसँगै नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । यसै विषयलाई लिएर संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौंस्थित भारतीय दूतावास घेराउ समेत गरेका छन् ।

(Visited 24 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु