पारस शाह सोनीकासँग नजिकिएपछि हिमानी शाहले लेखिन यस्ता ५ भावुक स्टाटस

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : December 11th, 2019,

पूर्वयुवराज पारस शाह र समलिङ्गी मोडल सोनीका रोकायबीचको अफयर्स चलिरहेको खबरले यतिबेला चर्चा पाएको छ । पारससँग सङ्गत् बढेपछि सोनिकाले अश्लील हर्कतहरु पनि बन्द गरेकी छिन । सार्वजनिकरुपमै अश्लील तथा छाडा शब्दहरु बोल्ने र अर्धनग्न भएर हिड्ने जस्ता कार्यहरुले युटुबर समेत रहेकी सोनीका बेला बखत चर्चामा आउने गरेकी छिन । तिनै सोनीका पूर्व युवराज पारस शाहसँग एकदमै नजिक बनेकी छिन । यो कुरा उनी आफैले स्वीकार गरिसकेकी पनि छिन ।

पारस सोनीकासँग नजिकिएपछि हिमानीका लगातार भावुक फेसबुक स्टाटस=केहि समयअघि थाइल्याण्डकी एक युवतीसँगको सम्बन्ध बाहिरिएपछि पारसपत्नी हिमानी शाह दुखि बनेकी थिइन । अहिले पनि पारस सोनीकासँग नजिकिएपछि हिमानीले लगातार फेसबुकमा भावुक स्टाटस लेखेकी छिन । हिमानीले अक्टोबर ३० मा आफ्नो फेसबुक फ्यान पेजमा लेखेकी छिन् – ‘मान्छे चाहे जतिसुकै पढेलेखेको , धनी , आकर्षक अनि बुद्धिमान भएपनि यदी उ कुनै नारीको सम्मान गर्दैन भने उसको खुवीको काम छैन !! जय नेपाल’

त्यसपछि उनले मनभरी पिडा भएपनि आफ्नो सन्तानको लागि मुस्कुराउने भगवानलाई आमा भनिन्छ भन्दै छोराछोरीसहितको तस्वीर पोस्ट गरेकी छिन । अलि गम्भीर मुद्रामा खिचिएको तस्वीर पोस्ट गर्दै नोभेम्बर १ मा उनले लेखेकी छैन, – ‘ज़िन्दगीमा के छ भन्दा पनि को छ ?? भन्ने कुराले अर्थ राख्छ !’ त्यस्तै नोभेम्बर २ मा उनले लेखेकी छिन् – ‘तब सम्म कमाउनुस जब सम्म “महङ्गो” चिज “सस्तो” लाग्दैन चाहे त्यो “सामान” होस या “सम्मान” !!’

नोभेम्बर ३ मा अझै सेड मुडमा देखिएको हिमानीले घतलाग्दो स्टाटस लेख्दै भनेकी छिन्- ‘को पो छन र खुसी यहा?? कही कतै अपुरो सपनाले आशू टीलपिल गरेर, मुस्कुराउनै दिदैन !!’

त्यस्तै नोभेम्बर ५ मा उनले अर्क्जो स्टाटस लेख्दै छोडेर जानेहरुलाई झरीजाने रुखको पातको संज्ञा दिएकी छिन । उनले लेखेकी छिन- ‘यदि कोहि तपाईहरुको साथ छोडेर जान्छ !! भने जान दिनुस् किनकी रुखलाई छाडेर जाने पातहरु सधै कुहिएर नै जान्छ !!’

बिहिबार मात्रै पनि उनले लेखेकी छिन – ‘ सुगन्धित फूलमा पनि किरा हुन सक्छ, चट्टानको भित्र पनि हिरा हुन सक्छ, सबैले भन्छन् म धेरै मुस्कुराउछु, तर मुस्कुराउने को ओठमा पनि चिरा हुन सक्छ ?’ उनको यो मार्मिक स्टाटसलाई धेरैले मन पराएर लाइक गरेका छन् ।

यसअघि बुधबार उनले अर्को स्टाटस लेखेकी छिन ।‘लेख्नेले लेखेको कुरा पढ्नेवालाले, सम्झिदैनन् ” किनकी लेख्नेवाला भावना लेख्छ ” पढ्नेवालाले शब्द पढ्छन् !! जतिसुकै रमाइलो ठाउँ भएनि आफुलाई मन परेको मान्छे त्यहा छैन भने त्यो ठाउँ शुन्य नै लाग्दछ !! जन्म पछि बाँडिने मिठाई देखी सुरु हुन्छ जिन्दगीको यो खेल र श्राद्ध को खिरमा आएर, सकिन्छ यही नै जिन्दगीको मिठास हो !! प्रतिसोध लागी होइन प्रेमका लागी हो जिन्दगी त्यसैले सकारात्मक अनि असल कर्म गर्नु पर्दछ !!’

र यो पनि पढ्नुहोस् : सोनीकालाई हेलिकप्टरमा लिएर अन्नपूर्ण बेस क्याम्प पुगे पुर्व युवराज पारस, यसरी रमाइलो गर्दै (भिडियो)

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु