आफ्नो ज्या न फालेर मालिकलाई बचायो टाइसनले


सुनसरीको इटहरीस्थित एक घरमा आ क्रमण गर्न आएका १०-१२ व्यक्तिबाट परिवारलाई जोगाउँदा घरमा पालेको कुकुरको ज्या न गएको छ।

हलगडा पीपल चोकको एउटा परिवारलाई आ क्रमण गर्न आएकाहरूको प्रति कार गर्ने क्रममा कुकुर मारि एको हो।

‘टाइसन’ नामक कुकुर सो स्थानमा घर भएका १८ वर्षका आयुष विश्वकर्माको हो।

घटना मंगलबार बेलुका सात बजेको हो। करिब १०-१२ जनाले आयुषलाई मार्ने भन्दै उनको घर छिरेका थिए। तर, परिवारका सदस्य जोगाउन कुकुरले आक्रम णकारीको प्रतिकार गर्‍यो।

घ टना भएको अघिल्लो दिन सोमबार आयुष सधैंझैं साँझ टाइसनलाई डुलाउन गएका थिए। उनी आफ्नो कुकर लिएर घरनजिकै रहेको प्लटिङमा पुगे।

टाइसनसँग खेल्दै रमाइरहेका थिए। केही समयपछि हलगडामा कोठा लिई भाडामा बस्दै आएका सुदीप राई र उनकी श्रीमती त्यहाँ पुगे। सुदीपकी श्रीमती टाइसनदेखि तर्सि एकी थिइन्।

‘केही गर्दैन थियो, सबैसँग रमाउने खालको कुकुर हो टाइसन,’ आयुषले घटनाबारे भने, ‘टाइसन सुदीपकी श्रीमतीनजिक गएको मात्रै थियो, भाउजू डरा उनुभयो।’

पछि सुदीपले आयुषलाई बोलाएर गालीगलौज गरेको आयुष बताउँछन्।

त्यसदिन उनीहरू आ-आफ्नो घर गए।

मंगलबार करिब ४-५ बजे आमाले आयुषलाई तरकारी किन्न पठाइन्। आयुष छिमेकी रोहन कार्कीसँग पसल निस्केका थिए।

बजारमा सुदीप, उनका साथी त्यहीँका स्थानीय विवेक माझीसँग व्यक्ति थिए, भेट भयो।

उनीहरूबीच भेट हुँदा कुरा राम्ररी नै चलिरहेको थियो। सुदीपले शिष्ट भाषामै कुराकानी गरे।

तर, एकाएक त्यहाँको माहोल परिवर्तन भयो। विवेकले आयुषमाथि हात लगाए। त्यसपछि उनीहरूबीच सामान्य झडप भएको आयुषले बताए।

उनीहरू आयुषका न साथी थिए, न त चिनेकै। कुकुरको निहुँमा सुरू भएको झगडा बढ्यो।

झडपको केहीबेरपछि आयुष घर गए। घर पुगेको १५ मिनेट पछाडि नै बाहिर आयुषको नाम लिँदै हल्ला चल्न थाल्यो।

करिब साढे सात बजेको थियो। बाहिरबाट आवाज आयो- आयुष बाहिर निस्की, चाँडो निस्किहाल।

सुदीप र विवेकसहितका केही व्यक्तिहरूलाई बोलाएका रहेछन्। आयुषले बाहिर हेर्नेबित्तिकै करिब १०-१२ जना खुकुरी बोकेर आएको देखे।

उनीहरू घरको कम्पाउण्डभित्र छिरे। कम्पाउण्डमा भएका गमला फुटाउन थाले र आयुषलाई आ क्रमण गर्न खोजे।

आयुष हतारिँदै घरको जाली ढोका लगाएर कोठाभित्र गए। आमा र भाइलाई आयुषले घरको पछाडिको ढोकाबाट बाहिर पठाए। आयुष भने कोठामै थिए।

यही क्रममा आक्रम णकारीहरू घरभित्रै छिरे। छिरेपछि टाइसनले प्रति कार गर्न थाल्यो।

‘टाइसनले उनीहरूलाई अल्झायो, नत्र हामीलाई हान्थे,’ आयुषले सुनाए। कुकुरलाई खुकुरी हानेर आक्रम णकारी फर्किए।

आयुषका अनुसार टाइसनलाई आ क्रमण कारीहरूले निर्मम तरिकाले हिर्काएका थिए।

आक्र मणबाट घाइते भएको कुकरको पछि उपचारका क्रममा मृ त्यु भएको थियो।

छिमेकीहरू पनि प्रति कार गर्न त चाहन्थे तर खुकुरी देखेपछि ‍उनीहरू डरा एको आयुष बताउँछन्।

पाँच मिनेटभित्र उक्त घटना भएको आयुषका बुबा मोहन विश्वकर्माले बताए।

आ क्रमण गर्ने थुप्रै भए पनि आयुषले तीन जनालाई मात्रै चिनेका थिए। उनीहरू सुदीप राई, विवेक माझी र उनका भाइ विशाल माझी थिए।

विश्वकर्मा परिवारले उनीहरूबिरूद्ध प्रहरीमा उजु री दिएको छ। अहिले उनीहरू फरार छन्। घटना स्थलमा प्रहरी पुगे पनि उनीहरूलाई समात्न सकेको छैन।

‘घटना हुनेबित्तिकै उनीहरू भागे र अहिले खोजी भइरहेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतले भने, ‘कुकुरलाई खुकुरीले टाउको र जी उमा हानेर मा रेका रहेछन्।’

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु