बुधबार राती इटहरी १ स्थित हलगडामा युवा समूहको खुकुरी प्र*हारबाट घर पालुवा कुकुरको ह*त्या भएको छ । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको ह*त्या गरेका थिए । छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आ*क्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्र*हार गरेका हुन् ।

बुधबार राती ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरुले घर भित्र रहेका आयुसमाथि आ*क्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउदै बुवा मोहनले पछि आ*क्रोशित युवाहरुले बाधेर राखेको कुकुरमाथि जथाभावी धारिलो ह*तियार प्र*हार गरी कुकुरको ह*त्या गरेको बताएका छन् ।

घ*टनापछि त्यस आसपासका स्थानियहरु आ*तंकित बनेका छन् । इलाका प्रहरी कार्यालय इटहरीमा घर र कुकुर आक्रमण गर्ने युवाहरु बिरुद्ध किटानी जाहेरी दिइएको छ। आ*क्रमण गर्ने सबै युवाहरुको खोजतलास भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस

भारतीय विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एक पक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो। तर भारतको हालै जारी गरेको आफ्नो

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ । पत्रकार सम्मेलनमा प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा हेरफेर गरिएको छैन ।’ तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनले बताए । उनले सीमा विवादको विषय दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत गराएका छन् ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।

भारतको विवादित नक्साका बारेमा जताततै वि*रोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको वि*रोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भू-भागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् । मन्त्रालयको ‘लेटर हेड’ मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षर कर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।

नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइरहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा वि*रोध गरेको थियो । भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने पाकिस्तानले प्रष्ट पारेको थियो ।

(Visited 12 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *