उपनिर्वाचनमा सेना परिचालन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


काठमाडौँ, २२ कार्तिक । सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ।

हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिए ।

मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु