त्रिभुवन विमानस्थलमा श्री र यति एयरलाइन्सको विमान एकआपसमा ठोकिए

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् ।
विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको छ ।
प्राप्त जानकारीअनुसार श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो ।
श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।
ठक्करबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । बिमानस्थालका प्रत्यक्षदर्शिका अनुसार श्री एयरलायन्सको लापरर्वाहीका कारण यति एयरलाईसको विमानमा ठोक्किन पुगेको बताइएको छ ।
(Visited 16 times, 1 visits today)
प्रतिकृया दिनुहोस्