विदेश जान अब ‘ड्राइभिङ लाइसेन्स’ अनिवार्य


काठमाडौं । वैदेशिक रोजगारीमा जान अब ‘ड्राइभिङ लाइसेन्स’ अनिवार्य रुपमा चाहिने भएको छ ।

सरकारले रोजगारप्को लागि विदेश जाने श्रमिकले नयाँ श्रम स्वीकृति लिँदा, श्रम स्वीकृति नविकरण गर्दा वा वैधानीकीकरण गर्दा अनिवार्य रुपमा लाइसेन्स देखाउनुपर्ने व्यवस्था गरेको छ ।

नेपालमा लिइएको वा विदेशमा लिएको जुन लाइसेन्स भए पनि अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान ल्याइएको श्रम कार्यालय ताहाचलले जनाएको छ । गन्तव्य मुलुकमा सवारीचालक पेशालाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको श्रम कार्यालयको भनाई छ । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

भारतीय हस्तक्षेपविरुद्ध सर्लाहीमा पनि प्रदर्शन

नेपालका भूभागलाई भारतले आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा सर्लाहीमा पनि प्रदर्शन भएको छ।

नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पस र नेपाल विद्यार्थी संघ सर्लाहीको संयुक्त आयोजनामा लालबन्दीमा प्रदर्शन गरेका हो। ‘गोे ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’लगायतका नारा लेखिएको कालो ब्यानरसहित विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए।

शुक्रबार काठमाडौंको लैनचौरस्थित भारतीय दुतावास अगाडी नक्शा जलाउँदै गरेका युवाहरु ।
रयालीमा सहभागीहरुले लालबन्दी बजार परिक्रमापछि भएको कोण सभामा विद्यार्थी नेताहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी दिएका छन्।

आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतलासमेत जलाएका छन्। विरोधमा उत्रिएका विद्यार्थीहरुले नेपालको पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन्।

विरोध कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यद्वय डाचाराज वाग्ले र बद्री न्यौपानेले भारतले नेपालको सिमाना मिच्ने कार्य वर्षौंदेखि गरिरहेको भन्दै भारतीय विस्तारवादको डटेर सामना गर्नका लागि तयार रहन आग्रह गरेका थिए।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु