बढीले बगाएर ल्याएको सिलिन्डर समाउन खोज्दा विनोदलाई बल्खु खोलाले बगायो


काठमाडौं–बाढीले बगाउँदा कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका छन्। बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा पसेका विनोद चौधरी बेपत्ता भएका हुन् ।

बेपत्ता भएका चौधरीको खोजी भइरहेको प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

त्यस्तै बाढीले महानगरीय प्रहरी प्रभाग कलंकी डुबानमा परेको छ। कलंकी खोलामा आएको बाढी बस्तीमा पसेको छ।

पहिरो र पर्खाल भत्कँदा काठमाडौंमा चार जनाको ज्यान गएको छ ।

काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्कदा ज्यान गएको हो ।

महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको ज्यान गएको हो ।

चन्दका अनुसार बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि ललितपुरको बागमती-३ का ११ वर्षीय सरोज तामाङको पहिरोमा पुरिएर मृत्यु भएको छ

गृह मन्त्रालयद्धारा आपतकालिन सूचना जारी, देशभरीका युवाहरुलाई विपद उद्धारमा उत्रिन अपिल

काठमाडौ । लगतारको वर्षापछि अहिले नेपालभर लगातार वर्षा भइरहेको छ । तराइका धेरै जिल्ला काठमाडौं उपत्यका लगायतका क्षेत्रहरुमा बाढी देखिएको छ । कोशी आसपासमा स्थानीय बाध भत्किएला कि भन्ने पिडाले आक्रान्त भएका छन् । देशभरी जोखिम उच्च भएपछि नेपाल सरकार गृह मन्त्रालयले आपतकालिन सूचना जारी गरेको छ । सबै सचेत रहनपनि गृहले भनेको छ । साथै उद्धारमा खटिन क्षतिको विवरण बुझ्न स्थानीय युवाहरुलाई अपिल गरेको छ । गृहले यो तयारी अपनाउँन समेत भनेको छ । सबै नागरिकमा पुर्याउन सहयोग मागेको छ ।

मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ ।

सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ ।

एउटा टर्च राखिराख्नोस । रात परेपछि काम लाग्छ ।

शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस ।

बिरामी र उनिहरुको औषधि , वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस ।

बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस ।

राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस ।

बलिया र युवा साथिहरु पानी रोकिएपछी आवस्यक पर्ने उद्दार को लागि तयार रहनूस।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु