चलचित्र ‘लिलिबिलि’ का निर्माता शाही समातिए


काठमाडौं । चलचित्र ‘लिलिबिलि’ का निर्माता गोविन्द शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई पैसा हिनामिना गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो ।

शाहीमाथि चलचित्र निर्माण गर्ने क्रममा एक करोड हिनामिना गरेको आराप लागेपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो । उनलाई बिहीबार महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो । बिहीबार नै शाहीलाई कालिमाटी वृत्तको जिम्मा लगाएको बताइएको छ ।

एक वर्षअघि शाहीसहित तीन जनाको समूहले ‘लिलिबिली’ निर्माण गरेका थिए। उक्त फिल्म निर्माण गर्नेक्रममा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए।

(Visited 3 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु