विराटनगरमा पनि भारतद्धारा जारी नक्साको विरोध


विराटनगर, २१ कात्तिक । भारतले नयाँ नक्सामा नेपाल भूमिलाई समेत आफ्नो मुलुक भित्र गाभेको विरोधमा विराटनगरका युवाहरुले सीमावर्ती नाका रानीमा विरोध प्रदर्शन गरेका छन् ।

स्वतन्त्र युवा समूहले आयोजना गरेको विरोध सभामा भारतले हालै जारी गरेको राजनीतिक नक्सामा लिपुलेक र लिम्पियाधुरालाई नेपाली भूमि भनेर सच्याउन माग गरेका छन् ।

उनीहरुले भारतीय विस्तारवाद मुर्दाबाद, नेपाली हामी रहन्छौ कहाँ नेपालै नरहे, सरकार किन मौन लेखिएका प्लेकार्डहरु सहित प्रदर्शन समेत गरेका थिए ।

उनीहरुले आफ्नो भूमि गुम्दा समेत सरकार मौन रहेकोमा आश्चर्य व्यक्त गरेका थिए ।

(Visited 5 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु