भारतीय कदमको बर्दियामा पनि विरोध


गुलरिया बर्दिया , २१ कात्तिक । भारतले नेपालको भूमिलाई आफनो नक्सामा पारेको भन्दै देशभर बिरोध प्रर्दशन भईरहेका बेला सरकार सञ्चालक दलको भातृ संगठन अनेरास्ववियु बर्दियाले बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा विरोध प्रर्दशन गरेका छन् ।


गुलरियामा आयोजना गरिएको विरोध प्रर्दशनमा ‘गो ब्याक ईन्डिया’ लेखिएको कालो ब्यानर समेत प्रर्दशन गरेका छन् । सडकमा उत्रिएका अनेरास्ववियुका कार्यकर्ताहरुले भारत बिरोधी चर्को नाराबाजी समेत गरेका थिए । भारत सरकराले नेपालको कालापानी,लिपुलेक र लिपुधारा लगायतका नेपाली भूभाग आफनो नक्सामा पारेपछि अहिले नेपालभर यसको बिरोध भईरहेको छ ।


नेपाली भूमिमा भारतीयले बारम्बार आँखा लगाएको हुनाले त्यसको बिरोध गरिएको अनेरास्ववियुका प्रकाश पौडेलले बताए । देशभर बिरोध प्रर्दशन भई रहेका बेला नेपाल सरकारले भने नाम बिनाको बिज्ञप्ती जारी गरेर हाँस्यास्पद जवाफ दिएको छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु