हुम्लाको खार्पूनाथमा समाजबादी पार्टी बाहेक अन्य पार्टीले उम्मेदवार छान्न सकेन


हुम्ला, कार्तिक–२१ । मंसिर १४ गते हुने उप–निर्वाचनका लागि हुम्लाको खार्पूनाथ गाउँपालिकाको केन्द्र याङचु बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सक्दा पनि समाजबादी पार्टी बाहेक अन्य पार्टीले उम्मेदवार छान्न सकेका छैनन् ।

समाजबादी पार्टीका तर्फबाट खार्पुनाथ गाउपालिकाका उपाध्यक्ष पदका लागि खार्पुनाथ २ थालीकी लिला रावललाई उम्मेदबार बनाएको छ भने अन्य दलहरुले अहिले सम्म आफ्नो उम्मेदबार छनौट गर्न सकेका छैनन् ।

जिल्ला सदरमुकाम सिमकोटदेखि ७ कोष टाढा पर्ने पालिका केन्द्र याङचुमा बुधबार एक कार्यक्रमको आयोजना गरि जिल्ला न्यायाधीश एवं मुख्य निर्बाचन अधिकृत चन्द्रकान्त पौड्याल र प्रमुख जिल्ला अधिकारी विनीता भट्टराईले संयुक्त रुपमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

गएको जेठ ३ गते कर्णाली नदीमा जीप दुर्घटना हुँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको निधन भएकाले खार्पुनाथ गाउपालिकाको उपाध्यक्ष पद रिक्त भए पछि उक्त पदका लागि हुने उप निर्बाचनमा नेपाली काँग्रेस, नेकपा, राप्रपा र समाजबादी पाटीले उपनिर्वाचनमा भाग लिने भएपनि मनोनयन दर्ताको समय आउन एक हप्ता बाँकी रहदा अहिले समाजबादी पाटी बाहेक अरु कुनै पनि राजनीतिक दलले उम्मेरदवारको टुङगो भने लगाउन सकेका छैनन ।

समाजबादी पार्टीका तर्फबाट खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि खार्पुनाथ २ थालीकी लिला रावललाई उम्मेदबार बनाएको छ भने नेपाल कम्युनिष्ट पार्टीमा रुपा शाही, पुर्णबहादुर रोकाया, माहान्ते छत्याल, प्रेमबहादुर बुढा र प्रकाशबहादुर शाहीको नाम सिफारीस भएर आएकोले कार्तिक २७ गते बिहान सम्म नाम आएका ५ जनाबाट १ जनालाई उपाध्यक्ष पदको उम्मेदबार बनाउने नेकपाका जिल्ला ईन्चार्ज बिजय भण्डारीले बताए ।

राप्रपा संयुक्त बाट धनधोज शाही, रम्बा शाही र पुन्नबहादुर बुढाको नाम केन्द्रमा पठाएकाले केन्द्रबाट ३ जना मध्ये १ जनाकाे नाम सिफारीस भएर आउने राप्रपा संयुक्तका केन्द्रिय सदस्य बृषबहादुर महतले बताए । उता नेपाली काँग्रेसले भने अहिले सम्म कसैको नाम सिफारीस नगरेको र नाम सिफारीस हुन अझै चार,पाँच दिन लाग्ने नेपाली काँग्रेसका सभापती जयपती रोकायाले बताए ।

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मंसीर १४ गते हुने उपनिर्बाचन मालिका माबि लाली, शंकर आधारभुत विद्यालय थाली, हुम्ला माबि राया, सीता माबि छिप्रा र मान्धारा माबि खर्पेलगाउँ गरी पाँच वटा मतदान केन्द निर्धारण गरिएको छ । पालिका भरीका पाँचवटा केन्द्रबाट एक हजार ६ सय ३५ जना महिला र एक हजार ६ सय ५९ पुरुष गरि जम्मा तीन हजार २ सय ९४ मतदाताहरुले चुनाबमा भाग लिन पाउने जिल्ला निर्बाचन कार्यालयले जनाएको छ ।

(Visited 10 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु