दमौलीमा पनि गुञ्जियो ‘लिपुलेक-कालापानी नेपालको हो’ नारा


दमौली । भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेक समेटेको विरोधमा नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाईले प्रदर्शन गरेको छ । ‘ब्याक अफ इन्डिया’को नारा लगाउँदै नेविसंघले भारतीय नम्बर प्लेटका गाडीहरुलाई करिब एक घन्टा नियन्त्रणमा लिएर विरोध प्रदर्शन गरेका हुन् ।

तनहँुको सदरमुकाम दमौलीको भोलटार चोकमा उनीहरुले भारतविरुद्ध चर्को नारा लगाउँदै भारतीय नम्बर प्लेटका सवारी साधनलाई डेढ घण्टासम्म अवरुद्ध गरेका छन् । उनीहरूले ‘लिपुलेक, कालापानी नेपालको हो’,‘भारतीय विस्तारवाद मुर्दावाद !’,‘सम्पूर्ण नेपाली एक हौं’ लगाएतका नारा लगाएका थिए ।

विरोधका क्रममा विद्यार्थी नेताहरुले भारतको यस कदमको आलोचना गर्दै नेपाली भू–भाग फिर्ता गर्न माग गरेका छन् । भारतको नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ ।

नेविसंघ क्याम्पस एकाइका तर्फबाट अध्यक्ष सुदर्शन पोखरेलको नेतृत्वमा आएको ¥यालीमा नेविसंघ आदिकविका क्याम्पसका सभापति दुर्गा भण्डारी, सचिव गौरव पन्थ, नेविसंघमा आवद्ध क्याम्पसका विद्यार्थी र नेताहरुको सहभागीताजनाएका थिए ।

अहिले मुलुकभरका विभिन्न ठाउँमा भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति विरोध भइरहेको छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु