‘भारतीय विस्तारवाद मु’र्दावाद’, नाराका साथ मसानघाटमा मोदीको पुत्ला ज’लाइयो


रतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला ज’लाइएको छ। भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला ज’लाइएको हो।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला मसानघाटमा मोदीको पुत्ला ज’लाइएको छ। स्थानीय राजेश धामीका अनुसार नेपाली भूमिमा भारतले हस्तक्षेप गर्न पाइँदैन भनेर स्थानीयले वि’रोध प्रदर्शनसमेत गरेका छन्।

‘भारतीय विस्तारवाद मु’र्दावाद, नरेन्द्र मोदी मु’र्दावाद’ लगायतका नारा लगाउँदै स्थानीयहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला ज’लाएका हुन्’, धामीले भने। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा समावेश गरिएको छ। भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालीहरुले सामाजिक सञ्जालबाट पनि कडा वि’रोध गरेका छन्।

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु