जिल्ला निर्वाचन कार्यालय कास्की नजिकै बम बिष्फोट


पोखरा । जिल्ला निर्वाचन कार्यालय कास्की नजिकै बम बिस्फोट भएको छ । जिल्लाको टुरिष्ट बसपार्कमा अज्ञात समूहद्वारा बम बिष्फोट भएको हो । विष्फोटबाट मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


घटना स्थलमा सुरक्षाकर्मी पुगिसकेको छ। विष्फोटन टुरिष्ट बसपार्क भित्र र निर्वाचन कार्यालयको करीब १०० मिटर नजिक भएको हो ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु