घर भत्किँदा छोरीको मृ*त्यु, छोरा घाइते


धादिङ : अविरल वर्षाको कारण धादिङको गजुरी गाउँपालिका ४ दरियाँल बालुवाडाँडामा पहिरोले कच्ची घर भत्किँदा बालिकाको मृ*त्यु भएको छ। उनका दाजु घाइ*ते छन्।

स्थानीय कृष्ण तामाङको ८ वर्षीया छोरी अस्मिता तामाङको मृ*त्यु भएको हो। भने उनकै १२ वर्षीया छोरा जयराम तामाङ घा*इते भएका छन्। घाइते*लाई उपचारको लागि गजुरी अस्पतालमा ल्याइएको छ।

कच्ची घरमै बसिरहेका बेला घरमाथीबाट पहिरो आएको थियो। घरले छोरा छोरीलाई च्यापेको हो। घटनापछि राहत सामाग्री लिएर तत्काल मान्छे खटाइएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगानाले जानकारी दिइन्।

बालविवाह गर्ने दुलाहा–दुलहीसहित चार पक्राउ

मिना बुढाथोकी । सल्यान : सल्यानमा बालविवाह गरेको भन्दै प्रहरीले दुलाहा र दुलहीसहित चार जनालाई पक्राउ गरेको छ। शारदा नगरपालिका–४ पिपलनेटा निवासी १८ वर्षीया दुलाही र १७ वर्षीय दुलाहा, दुलाहाकी आमा र विवाहमा सहभागी पण्डितलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार बिहीबार बालविवाह हुन लागेको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको हो। घटनामा संलग्न ६६ वर्षीय पण्डित अशोक गौतमलाई पनि नियन्त्रणमा लिइएको उनले बताए। आरोपित सबैलाइ प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी शाहीले जानकारी दिए।

बालविवाह न्यूनिकरण गर्ने अभियान अन्तरगत जिल्लामा अहिले बालविवाह भएको थाहा पाएपछि स्थानीय आफैँले बालविवाह हुन लागेको खबर प्रहरीलाई दिने गरेका छन्। यसअघि पनि स्थानीयको सहयोग र प्रहरीको सक्रियतामा बालविवाह रोकिएको थियो।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ को उपदफा १ मा बालविवाह सम्बन्धी कसुर अन्तरगत २० वर्ष उमेर नपुगी बालविवाह गर्ने गर्नेलाई तीन वर्ष कैद र तीस हजार रुपौयाँ जरिवाना हुने उल्लेख छ।

(Visited 37 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु