नेपालमा हिउँ पर्ने, सतर्क रहन मौसमविदको सुझाव


काठमाण्डु, २१ कात्तिक– अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ ।

अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षातसँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भू–भागसँगै पश्चिमी भेगमा वर्षा हुने छ ।

हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ । गोरखापत्रबाट

काठमाडौं – नेपाली सीमा अतिक्रमण गरी भारतले आफ्नो नक्सा बनाएपछी अहिले देशभर यसको बिरोध भइरहेको छ ।

नेपाली भूभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मलाई भारतले समेटेर नक्सा बनाएपछी नेपाली नागरिकले विरोध गर्दै नक्सा सच्याउन माग गरेका छन् । यसैक्रममा चर्चित नायिका रेखा थापाले पनि आफ्नो फेसबुकमा नक्कलि राष्ट्रवाद अति भयो भन्दै आक्रोश पोखेकी छिन् ।

उनले सुस्ता, कालाकापानी,लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चाल्नु पर्ने बताएकी छिन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै भनेकी छिन्

– आज देशको एक टुक्रा जमिन होईन, हजारौं हेक्टर जमिन गुमेको छ। सिमाना मिचिएका समाचार सुन्दा के गरौं र कसो गरौं हुन्छ। वीर पूर्खाहरूको विरासत सम्झिँदा आजको पुस्ता हामी कायरझैं लाग्छ। जाई नलाग्ने, आईलागे बाँकी नराख्ने वीरहरूका हामी सन्तानहरू देशको सिमाना फेरिदाँसम्म पनि कुम्भकर्णको निद्रामै छौं। सुस्ता, कालाकापानी,लिपियाधुरा, लिपुलेक फिर्ता गर्न सरकारले भारतसँग सार्थक कदम चालोस्। (नक्कलि राष्ट्रवाद अति भयो)

(Visited 56 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु