महिलाहरूले राती यस्ता काम गरे घरमा लक्ष्मीकाे बास हुन्छ !


महिलालाई घरको लक्ष्मी मानिन्छ ।

महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन ।

यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ ।

महिलाहरुले यस्ता कामहरु राति नगरेकै राम्रो

–महिलाहरुले रातमा भान्छामा जुठा भाँडाहरु कहिल्यै राख्नुहुँदैन । भान्छामा भएको भाँडा सफा राख्नाले घरमा सदैव लक्ष्मीको बास हुन्छ र धन र सुखसम्पत्ति घरमा आउँछ ।

–सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जाँदा यसले असुभ निम्त्याउँछ । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने र धेरै कष्टको सामना गर्नुपर्ने ज्योतिषीय मान्यता रहेको छ ।

–घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नाले र बिहान सबेरै उठेर कसैसँग पनि नबोली कागजमा राखिएको नुनलाई घरबाहिर फाल्नाले घरमा भएका नकारात्मक उर्जा बाहिर निक्लिने ज्योतिषीय मान्यता रहेको छ ।

–राती सुत्नुअघि भान्छामा बाल्टी वा जगमा पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ ।

–महिलाले रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नाले धन लाभ हुन्छ ।

–ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । यस्तो गर्नु अशुभ मानिन्छ ।

यी काम गरेमा फाइदा हुनेछ

स्त्रीले गर्नु हुँदैन यी काम- शास्त्र


धर्म शास्त्रले स्त्री र पुरुषका लागि विभिन्न नियम बनाएको छ । शास्त्रले कतिपय कुरा महिलाले गर्न नहुने भनेको छ । यस्ता काम पुरुषले मात्र गर्नु पर्ने शास्त्रको भनाइ छ ।

शास्त्रले महिलालाई कुन काम नगर्न भनेको छ ?

१ नरिवल फुटाउनु

धार्मिक मान्यता अनुसार महिलाले नरिवल फुटाउनु शुभ मानिँदैन । यसका लागि पुरुषले मात्र नरिवल फुटाउनु पर्ने शास्त्रको भनाइ छ । मन्दिरमा नरिवल फुटाउँदा महिला नभएर पुरुषले मात्र फुटाउने गरिन्छ ।

२ जनै लगाउने
महिलालाई जनै लगाउन नहुने शास्त्रको भनाइ छ । यज्ञोपवित पनि भनिने जनै पुरुषले मात्र धारण गर्न सक्छन् ।

बलि चडाउने

देवी देवतालाई बलि चडाउने काम पनि महिलाले गर्दैनन् । धार्मिक मान्यता अनुसार पुरुषले मात्र बलि चढाउनु पर्छ ।

४ ॐ मन्त्र

धर्म शास्त्र अनुसार महिलाले ॐ भनिने मन्त्र जप्नु शुभ मानिँदैन । ॐ मन्त्र बोल्दा नाभी क्षेत्रमा दवाव पैदा हुने र यस्तो दवाव महिलालाई राम्रो नमानिने हुँदा महिलाले ॐ मन्त्र नजप्ने धार्मिक मान्यता छ ।

५ हनुमानको पुजा र स्पर्स

हनुमानलाई ब्रम्हचारी मानिन्छ । यसकारण हनुमानको पुजा महिलाले गर्छन् तर हनुमानको मुर्ती स्त्रीले छुनु राम्रो मानिदैन ।

६ गायत्री मन्त्र
महिलाले गायत्री मन्त्र पनि जप्नु हुँदैन । शास्त्रका अनुसार गायत्री मन्त्र महिलाले जप्नु अशुभ हुन्छ । पछिल्लो समय महिलाले पनि गायत्री मन्त्र जप्न थालेका छन् ।

७ फर्सी काट्नु

धार्मिक मान्यता अनुसार फर्सी महिलाले काट्नु हुँदैन । पुरुषले मात्र फर्सी काट्नु पर्ने धार्मिक विश्वास छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु