परराष्ट्र मन्त्रालयले भन्यो-‘कालापानी क्षेत्र नेपालकै भू-भाग हो’


काठमाडौं । भारत सरकारले भर्खरै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट भएको जनाएको छ ।

त्यस्तै नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरुको समाधानका लागि प्राविधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने गरी जिम्मेवारी दिइएको समेत उल्लेख गरिएको छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुवै पाक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने बताइएको छ । साथै एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताएको छ ।

साथै सरकार नेपालको अन्तर्राष्ट्रिय सीमाना रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ । दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कुटनीतिक माध्यमबाट हुनुपर्ने बताएको छ ।

यसरी भारतीय नक्सामा नेपाली भूमि समेटिएपछि विद्यार्थी संगठनहरुले ‘गो ब्याक इन्डिया’को नारा लगाउँदै प्रदर्शन गरिरहरेका छन् ।

(Visited 102 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु