अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नरपानीमा ट्याक्सी दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जनाएको छ ।


प्रहरीका अनुसार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको र दुर्घटनामा २ पुरुष र महिलाको मृत्यु भएको हो । मृत्यु हुनेहरुकोे पहिचान हुन सकेको छैन । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए । त्यस्तै दुर्घटनामा परी अन्य २ जना घाइते भएका छन् ।


घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् ।

(Visited 23 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *