सांसद शान्ता चौधरीको गाडी दु’र्घटना, सडकबाट दुई सय मिटर तल खस्यो


काठमाडौं। प्रतिनिधिसभा सांसद शान्ता चौधरी चढ्ने गाडी सडक दुर्घ’टनामा परेको छ ।

चौधरीले चढ्दै आएको बा २ झ २८७१ नम्वरको सरकारी गाडी गयराति दाङको लमही – ६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घ’टनामा परेको छ ।

गाडी दुर्घटनाको समयमा सांसद चौधरी भने सवार नरहेको र कुनै मानविय क्ष’ति नभएको दाङ प्रहरीले जानकारी गराएको छ ।

देउखुरी तर्फ जाँदै गरेको उक्त गाडी राती करिव १ बजे तिर दु’र्घटना भएपछि गाडी चालक रतनलाल चौधरीले प्रहरीलाई जानकारी गराएका थिए । गाडी सडकबाट दुई सय मिटर तल खसेको छ ।

५० वटा अण्डा खाने बाजी पर्‍यो, ४२ वटा खाएपछि मृ’त्यु

एजेन्सी। भारतको उत्तरप्रदेशको जौनपुरमा अण्डा खाने बाजी जित्ने चक्करमा ४२ वर्षका एक व्यक्तिको मृ’त्यु भएको छ । मृतकको पहिचान सुभाष यादवको रुपमा भएको छ । शाहगंज कोतवाली इन्चार्ज जेपी सिंहका अनुसार सुभाष ट्र्याक्टर चलाउने काम गर्दथे । उनी आफ्ना साथीसँग अण्डा खान गएका बेला दुबैबीच कसले धेरै अण्डा खानसक्छ भनेर बाजी परेपछि यस्तो घटना भएको पुलिसले जानकारी दिए ।

भारतीय मिडियामा प्रकाशित समाचार अनुसार जसले ५० वटा अण्डा र एक बोतल रक्सी पिउन सक्छ, उसलाई दुई हजार भारु दिइने यी दुईबीच सहमती भयो । सुभाषले शर्त स्विकार गरेर अण्डा खान सुरु गरे । उनले ४१ वटा अण्डा खाए तर जब उनले ४२ औं वटा अण्डा खाए, उनी बेहोस भएर ढ’ले।

परिवारका सदस्यले भने, ‘ब्रेन हेमरेजबाट भयो मृ’त्यु’

घट’नास्थलमा भएका मानिसहरुले उनलाई अस्पताल पुर्‍याए । उनको स्थिती गम्भीर हुँदा डाक्टरले उनलाई लखनउको पिजीआई अस्पताल लैजान भने । जहाँ उनको उपचारको क्रममा मृ’त्यु भयो । यस्तै, परिवारको दाबी अनुसार सुभाषको मृत्यु ब्रेन ह्यामरेजका कारण भएको हो । सुभाषले यसै वर्ष दोस्रो विवाह गरेकाथिए । पहिलो श्रीमतीबाट चार छोरी जन्मिएपछि छोरा जन्माउन उनले ९ महिना अघि दोस्रो विवाह गरेका थिए ।

(Visited 14 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु