पटाका किनीदिने भन्दै घरबाट झुक्याएर लगी आफ्नै भतिजको बली दिइ यि निष्ठुरी काकाले


एजेन्सी । अन्धविश्वासले २१ औँ शताब्दीमा पनि उस्तैगरी जरा गाडेको छ । यो समस्या नेपालमा मात्रै नभएर विश्वका विभन्नि मुलुकमा आजको समयमा पनि उस्तै गरी नै गाउँ र शहरमा समेत रहेको छ । जसको पछिल्लो उदाहरण भारतको बिहारको भागलपुर जिल्लामा देखिएको छ । एबिपीका अनुसार भागलपुर जिल्लाका शिवनन्दन दास नाम गरेका ब्यक्तिले आफ्ना भतिजा कन्यैयाको ब’ली दिएका हुन् ।

अहिलेसम्म बच्चा जन्माउन असफल रहेका शिवनन्दन तान्त्रिको विश्वासमा परेर तान्त्रिकको भनाईलाई अनुसरण गर्दै आफ्नै घरको ब्यक्तिलाई ब’ली दिएको खण्डमा बच्चा हुने विश्वासका साथ उनले आफ्ना दाजुका छोरालाई ब’ली दिएका हुन् । भाइटीकाका दिन उनले भतिजलाई पटाका किनीदिने भन्दै घरबाट झुक्याएर लगेर उनको ब’ली दिएको अनुसन्धानमा खटिएका अधिकारीहरुले जनाएका छन् ।

तान्त्रिकको अन्धविश्वासमा परेर शिवनन्दनले ३ कक्षामा अध्ययनरत कन्यैयाको ब’ली दिएपछि अहिले उनी पक्राउ परेका छन् । ब’ली दिन उक्साएका तान्त्रिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको बताइएको छ । कन्यैयाका बुबा जागीरको शिलशिलामा बाहिर छन् । यो घटनाले परिवार अहिले ठूलो शोकमा परेको छ ।

(Visited 14 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु