चिकित्सक केसीकाे १७ औं अनशन सुरू


काठमाडौं । चिकित्सक गोविन्द केसीले सोमबारबाट पुनः अनशन थाल्नुभएको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर केसीले डडेल्धुरामा आफ्नो १७ औं अनशन थाल्नुभएको हो ।

उहाँले चिकित्सा शिक्षा ऐन जारी गर्ने समयमा सरकारले आफूसँग भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाउनुभएको छ । केसीले सम्झौता अनुसार नै चिकित्सा शिक्षा ऐन संशोधन गरी जारी गर्नुपर्ने, आन्दोलनरत् विद्यार्थीका माग पूरा गर्दै अवैध रुपमा असुल गरिएको शुल्क फिर्ता गर्नुपर्ने लगायतका सात बुँदे माग अघि सार्नुभएको छ ।

(Visited 5 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु